२१ करोडको राँगो : जसले दिनहुँ पिउँछ रक्सी, वार्षिक कमाउँछ ९० लाख | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८१, शुक्रबार

काठमाडौँ, २५ भदौ । भारतको फरिदाबाद सुरजकुण्डमा चलिरहेको दोस्रो कृषि शिखर सम्मेलनमा ल्याइएको राँगोले सबैको ध्यान खिचेको छ। सम्मेलनमा आकर्षणको केन्द्र नै बनेको राँगोका सोख विचित्रका छन्।

सम्मेलनमा सबैको ध्यान खिचेको राँगोको डाइट र सोखले अहिले सबैलाई अचम्मित बनाएको छ। क्याथलको बुढाखेवा नामको गाउँका नरेश बैनीवालले पालेको यो राँगो को उमेर अहिले ८ वर्ष ४ महिना भयो। यो राँगोले साँझ खाना खानुभन्दा पहिले १०० मिलिग्राम ‘स्कच’ पिउँछ। तर मंगलबार ड्राइ डे भएकोले त्यो दिन भने रक्सी पिउँदैन।

सातामा बारअनुसार फरक फरक स्कच हुन्छ। आइतबार टिचर्स, सोमबार ब्ल्याक डग, बुधबार १०० पाइपर, बिहीबार भ्यालेन्टाइन, शुक्रबार ब्ल्याक लेबल र शनिबार शिवास रिगल ब्राण्डका स्कच चाहिन्छ। नरेशले सुल्तानलाई पाँच वर्ष पहिले रोहतकबाट २ लाख ४० हजार भारतीय रुपैयाँमा किनेर ल्याएका थिए।

सुल्तानले एक वर्षमा ३० हजार डोज वीर्य दिन्छ। जसबाट वार्षिक आम्दानी ९० लाख हुन्छ। एक डोजको मात्रै ३ सय पर्छ। सुल्तान सन् २०१३ मा भएको राष्ट्रिय पशु सौन्दर्य प्रतियोगिताको विजेता समेत हो। राजस्थानमा भएको एक मेलामा एक पशु प्रेमीले सुल्तानका लागि २१ करोड मूल्य दिएका थिए। तर, नरेशले सुल्तान आफ्नो छोरा भएको र छोराको कुनै मूल्य नहुने भन्दै बेच्न अस्वीकार गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);