फ्लोरिडामा इर्माको भय | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

एजेन्सी, २५ भदौ । अमेरिकी मुलुक क्युबामा विध्वंस मच्चाएर सामुद्रिक आँधी इर्मा विस्तारै अमेरिका कै फ्लोरिडा शहरतर्फ लागेको अधिकारीहरुले जनाएका छन् । समुद्री आँधी इर्मा विस्तारै क्युबाबाट बाहिरिने क्रम रहेको बीबीसीले जनाएको हो ।

 

आँधीका कारण क्युबाका बस्तीहरु लगाएत विभिन्न मानव निर्मीत सरंचनाहरु भत्किएका छन् । ८० वर्ष यता कै सबैभन्दा शक्तिशाली मानिएको सो आँधीले क्युबामा ठुलो क्षति पुर्याएको छ ।

त्यहाँका दश लाख भन्दा बढि मानिसलाई सुुरक्षित स्थानमा सारिएको कारण मानिवीय क्षति नभएको क्युबाका न्यासनल हुरिकेन सेन्टरका अधिकारीहरु बताउछन् । आँधीको क्याटेगोरी क्युबामा खस्केर ३ को बने पनि सो आँधी कम्तिमा क्याटागोरी ४ भन्दा माथि बनेर फ्लोरिडामा आतकं मच्याउने उनीहरुको दाबी छ ।


फ्लोरिडाको तटिय क्षेत्रमा अहिले पानीको बहाब बढेको छ भने केही क्षेत्रको सडकमा बाढी आएको छ ।
त्यहाँका नागकिहरुलाई अन्य सुरक्षित स्थानमा सारिएको छ ।

 

आँधीका कारण क्याराबियन क्षेत्रमा २४ जनाको मृत्यु भएको थियो ।