एजेन्सी, २६ भदौ । भारत र चीनको सीमा क्षेत्रमा पर्ने लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच घम्साघम्सी भएको छ । बुधबार लद्दाखस्थित पेन्गोङ तालको उत्तरी क्षेत्रमा दुवै सैनिकबीच घम्साघम्सी भएको हो ।
बीबीसीका अनुसार ताल क्षेत्रमा भारतीय सैनिक गस्ती गरिरहेको बारे चिनी पीपल्स लिबरेसन आर्मीले विरोध जनाएपछि दुवै पक्षबीच संघर्ष चलेको थियो । संघर्षपछि दुवै देशले सैनिकको संख्या थपेका छन् । तनाव सिर्जना भएसँगै भारत तथा चीनका ब्रिगेडियर स्तरको द्विपक्षीय वार्ताका लागि तयार भएको बताइएको छ । उक्त तालको दुई तिहाई हिस्सा चीनको नियन्त्रणमा छ ।