कपिलवस्तुमा मोहर्रम मेलाको रौनक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कपिलवस्तुमा मोहर्रम मेलाको रौनक

mahoram mela

कपिलवस्तु, २५ भदौ । कपिलवस्तुमा अहिले मोहर्रम मेलाको रौनक छाएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्ब मोहर्रमका बेला पुजाआजा गरिने तहजिया बाबाको मेलाले गर्दा कपिलबस्तुको बजारमा निकै चहल पहल बढेको छ ।

मोहर्रम एउटा यस्तो पर्व हो जहाँ हिन्दु र मुस्लिम दूवै सौहार्दपुर्ण रुपमा सहभागी हुन्छन् । रंगीचङ्गी कागज र बाँसको सहायताले मन्दिरको आकारमा बनाइने तहाजिया बाबाको हिन्दु धर्माबलम्बीहरु पनि पुजाआजा गर्नमा ब्यस्त देखिएका छन् ।

साता अघिदेखि यहाँ हिन्दु मुस्लिम दुबै धर्माबलम्बीहरुको तौलिहबास्थित मस्जिद टोलमा लगायत बिभिन्न गाँउपालिका र नगरपालिकामा  बनाउने गरेका थिए ।

मुस्लिम धर्माबलम्बीहरुका धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झनामा मनाइने पर्बमा उनको प्रतिक स्वरुप तहाजियाको पुजा गरिने प्रचलन रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);