पर्सा, २४ भदौ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का प्रदेश –२ का अध्यक्ष प्रभु साह र सचिव सुमन राज प्याकुरेलमाथि आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् ।
सप्तरी र सिरहाको जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथग्रहणका लागि महोत्तरीको बर्दिबासमा मंगलबार आयोजित कार्यक्रमा नै अध्यक्ष साह र सचिव प्याकुरेल माथि हातपात भएको हो ।
जिल्लामा कार्यकर्ताको विरोधले सपथ ग्रहण हुन नसक्ने अवस्था आएपछि बर्दिबास–१ को कभर्डहलमा कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला कमिटी गठनमा असन्तुष्ट रहेको पक्षले सपथग्रहण कार्यक्रममै गएर हातपात गरेको हो ।
दुवै नेतालाई प्रहरीले सुरक्षा दिएर कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए । कार्यकर्ताहरुले हातपात गर्दा प्रदेश सदस्य देवनाथ यादव घाइते हुनुभएको छ ।