काठमाडौँ, २५ भदौ । अध्ययन गर्न उमेर बाधक हुँदैन। ईच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाईमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु झुमा सुब्बा। १९ बर्षको उमेरमा कक्षा ५ पढ्दै गर्दा छुटेको उनको विद्यालय शिक्षा ५३ बर्षमा आएर पुरा भएको छ।
हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उनी द्धितीय श्रेणीमा उत्तीर्ण भएकी छिन्। विभिन्न परिस्थितिले बाल्यकालमै पढाई छुटे पनि उनको अध्ययनप्रतिको लगाव यथावतै थियो । अध्ययनलाई निरन्तरता दिने चाहनाकै बीच २०४० सालमा १९ बर्षको उमेरमा ईन्जिनियर विजय सुब्बासंग बिहे भयो।
बिहेपछि परिवारिक जिम्मेवारी र सन्तानको स्याहारसुराका कारण उनको पढाई छुट्यो । आजको नागरिक दैनिकमा खबर छ।