घुम्टोभित्र मधेसका महिला : श्रीमानले भनेको उम्मेदवारलाई भोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, २५ भदौ । मधेसका महिलाले अहिले पनि पतिले भनेकै ठाउँमा भोट हाल्ने गरेका छन् । मधेसका महिला घरभित्रै बस्ने र बाहिर निस्के पनि घुम्टो ओढ्ने गर्दा उम्मेदवारले पनि पुरुष सदस्यलाई नै भेटेर आफ्ना एजेन्डा बुझाउने गर्छन् ।महिला मतदातासँग प्रत्यक्ष कुराकानी गरी आफ्ना एजेन्डाबारे बुझाउनसमेत उम्मेदवारलाई वातावरण छैन ।

बुहारीले ससुरा, जेठान र छिमेकी पुरुषसँग संवाद नगर्ने परम्परा अहिले पनि मधेसमा छ । सोही परम्पराकै कारण उम्मेदवार आफूलाई प्रत्यक्ष रूपमा मत माग्न सक्दैनन् ।जनकपुर उपमहानगरपालिका–२० देवपुराकी ६५ वर्षीय सोनावतीदेवी दास दलका उम्मेदवारले प्रचारप्रसारका लागि थमाएर गएको पर्चा हेर्दै गरेको भेटिइन् । लेखपढ गर्न नजान्ने दासलाई पर्चामा रहेका उम्मेदवारको तस्बिर र चुनाव चिह्नले मात्रै आकर्षित गरेको देखिन्थ्यो ।

दलको चुनाव चिह्नबारे परिवारका सदस्यले भनेको तथा यसअघिका चुनावका बेला चुनाव चिह्न हेरेकाले दासले एक–दुई दलको चुनाव चिह्न छुट्याउन सकिन् । उनले अन्य दलका उम्मेदवार र चुनाव चिह्नबारे थाहा नभएको सुनाइन् ।

चुनाव केका लागि हो रु के फाइदा हुन्छ जस्ता विषयमा अनभिज्ञ दास श्रीमान् र छोराले भनेकै ठाउँमा भोट खसाल्ने सोचमा छिन् । उनी भन्छिन्, ‘हामीलाई को दल, को उम्मेदवार थाहा छैन । घरका मालिकले जहाँ भन्छन् त्यहीँ भोट हाल्छौं ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);