काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदूरदर्शी शासकका कारण देशको शिक्षा पछि परेको बताउनु भएको छ ।
४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले वेदका ऋचा तथा औषधिहरूको आविष्कार सबैभन्दा पहिले नेपालमा भए पनि शासकको अदूरदर्शिताका कारण शिक्षाले अपेक्षाकृत गति समाउन नसकेको दाबी गर्नु भयो । विकास र निर्माणका लागि अति आवश्यक नवप्रवर्द्धनात्मक सोचको आधारमा जीवनोपयोगी शिक्षाको विकास सरकारको प्राथमिकतामा परेकाले आगामी दिनमा नेपालको शैक्षिकस्तर माथि उठ्ने प्रधानमन्त्रीको विश्वास छ ।