अमेरिका र चीनबीच १३ औं चरणको व्यापारिक वार्ता हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

अमेरिका र चीनबीच १३ औं चरणको व्यापारिक वार्ता हुने

us and china trade talks

एजेन्सी, १९ भदौ । चीन र अमेरिकाबीच व्यापारिक संघर्ष चर्किरहेका बेला १३औं चरणको वार्ता आगामी अक्टोबरको सुरुतिर अमेरिकामा हुने भएको छ ।  गत जुलाईको अन्त्यतिर चीनको संघाईमा भएको १२औं चरणको वार्ता विफल भएपछि दुवै मुलुकले एकअर्का विरुद्ध भन्सार थपको घोषणा गरेर व्यापारिक द्वन्दलाई चर्काउँदै लगेका छन् ।

१३औं चरणको वार्ताको टुंगो लगाउनेबारे चिनियाँ वार्ताकार लिउ हु र अमेरिकी व्यापार प्रतिनिधिबीच बिहीबार टेलिफोन वार्ता भएको जनाइएको छ । अक्टोबरको पहिलो सातातिर वार्ता आयोजना गर्ने सहमति भएपनि मिति भने निश्चित गरिएको छैन ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार अमेरिकी पक्षको निमन्त्रणामा चीनका उपप्रधानमन्त्री लिउ हु र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर र अर्थमन्त्री स्टेभेन नुचिनबीच टेलिफोन वार्ता भएको हो ।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार १३ औं चरणको आर्थिक व्यापारिक उच्चस्तरीय वार्ताका लागि दुवै पक्षले सहमति जनाएका छन् । वार्ताको वातावरण बनाउन आपसी सम्पर्क कायम राख्ने र दुवै पक्षले व्यावहारिक कदम चाल्दै जाने भन्नेमा पनि सहमति जनाएका छन ।

जापानको ओसाकामा चिनियाँ राष्ट्रपति सी चिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्तापछि व्यापारिक युद्धविराम भएको थियो। तर १२ औं चरणको संघाई वार्ता बिना निष्कर्ष टुंगिएसँगै अमेरिकाले चीनबाट आयात हुने सामग्रीमा भन्सार कर थपेर पुनः व्यापारिक संघर्षलाई निरन्तरता दिएको थियो। चीनले पनि सोही बमोजिम भन्सार कर थपेपछि स्थिति जटिल बन्दै गएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);