प्रहरीमा जागिर लगाइदिने भन्दै रकम असुलेको आरोप लागेका पूर्व सांसद कार्की पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

प्रहरीमा जागिर लगाइदिने भन्दै रकम असुलेको आरोप लागेका पूर्व सांसद कार्की पक्राउ

DB KARKI

काठमाडौं, १९ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व सांसद डोलबहादुर (डीबी) कार्कीलाई पक्राउ गरेको छ । ब्यूरोले कार्कीलाई बिहिबार बिहान काठमाडौंबाट पक्राउ गरेको हो ।

कार्की समानुपातिकको कोटामा पहिलो संविधानसभामा तत्कालीन एमालेबाट सभासद् चुनिएका थिए । उनले २०६७ मा प्रहरी भर्नाका क्रममा जागिर लगाइदिने भन्दै एक दर्जन बढी सर्वसाधारणसँग रकम लिएका थिए। उनले एक लाख रुपैयाँ घुस लिँदै गर्दा त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो ।

कार्कीलाई सो मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। सो निर्णयमा चित्त नबुझेर कार्की सर्वोच्च अदालतमा गएका थिए।सर्बाेच्च अदालतले पनि बिशेष अदालतकै फैसलालाई सदर गरेको थियो । उनलाई आजै जिल्ला अदालत काठमाण्डौमा पेश गरिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार