चितवन, १५ भदौ । चितवनमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु जाँचका लागि कीट अभाव भएपछि सरकारी अस्पतालले बिरामीलाई निजी अस्पताल रिफर गर्न थालेका छन् । चितवनमा डेंगुका बिरामी दिन प्रतिदिन बढ्दै जाँदा कीटको अभाव चुलिएको हो ।
डेंगु परीक्षणको मान्यता पाएका सरकारी अस्पतालहरु भरतपुर अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा कीट सकिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा कीट सकिएको जानकारी पटक–पटक गराउँदा पनि प्राप्त हुन नसकेको अस्पतालका अधिकारीहरु बताउँछन् ।
जिल्ला स्वास्थ्य कार्यालयले पछिल्लो एक हप्ताभित्रमा मात्र भरतपुर अस्पताललाई २ सय वटा कीट उपलब्ध गराएको थियो । ५० वटा कीट बकुलहर रत्ननगर अस्पताललाई दिएको थियो ।
अस्पतालले बीमाको सेवा लिने प्रायः बिरामीलाई निजी अस्पतालमा रिफर गन थालेको छ । निजीमा जान नसक्नेलाई अन्य विधिबाट जेनतेन उपचार गराइरहेको छ ।