बेपत्ता परिवारको गुनासो, दिवसले हाम्रो घाउमा नूनचुकमात्रै गरेर जान्छ | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

बेपत्ता परिवारको गुनासो, दिवसले हाम्रो घाउमा नूनचुकमात्रै गरेर जान्छ

bepatta nagarik

काठमाडौं, १३ भदौ । तत्कालीन माओवादी जनयुद्धको क्रममा बेपत्ता व्यक्तिका परिवारका सदस्यले प्रत्येक वर्ष आउने अन्तर्राष्ट्रिय दिवसले आफूहरुको घाउमा नूनचुकमात्रै गरेर जाने गरेको भन्दै आक्रोश पोखेका छन् । सरकारले बेपत्ताको सूची तयार गरे पनि बेपत्ता परिवारले पाउनुपर्ने न्यूनत्तम सेवासुविधासमेत पाउन नसकिएको उनीहरुको आक्रोश थियो ।

उनीहरुले आफ्नो कोही सदस्य बेत्तपा छन् भन्ने भुल्न भुल्न खोज्दा खोज्दै प्रत्येक वर्ष आउने अन्तर्राष्ट्रिय बेपत्ता दिवसले खाटा बस्न लागेको घाउमा नूनचुक छरेर जाने गरेको स्पष्ट पारेका छन् ।

अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा बिहीबार भक्तपुरमा आयोजित अन्तरक्रियाका सहभागीले बेपत्ताको अवस्था स्पष्ट नहुँदा उनका छोराछोरीले नागरिकतासमेत पाउन नसकेको गुनासो गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा आयोजित उक्त कार्यक्रमका सहभागीले भने, ‘अभिभावक बेपत्ता भएको वर्षौं भइसक्यो । तैपनि हामीले उहाँको नाउँमा नागरिकतासम्म पाउन सकेको छैनौं ।’

त्यस्तै उनीहरुले पैतृक सम्पत्तिको रुपमा रहेको जग्गाजमिनसमेत नामसारी गर्न नपाएको सुनाए । उनीहरुले आफ्ना अभिभावक बेपत्ताको सूचीमा हुँदा पनि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता नदिइनु अन्याय भएको गुनासो गरे ।

‘प्रशासनमा हाम्रो अभिभावक बेपत्ता भएको सूची छ तैपनि हामीले उहाँको नाममा नागरिकता पाउन सकेका छैनौं’, बेपत्ता परिवारकी स्वस्तिका बिसुंकेले भनिन्, ‘पैतृक सम्पत्ति पनि नामसारी गर्न पाएका छैनौं ।’ यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);