बाढी, पहिरो र डुबानको व्यवस्थापनका लागि ठोस रणनीति बनाउनुपर्छ : गृहसचिव | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

बाढी, पहिरो र डुबानको व्यवस्थापनका लागि ठोस रणनीति बनाउनुपर्छ : गृहसचिव

गृहसचिव प्रेम कुमार राई

काठमाडौं, १२ भदौ । गृहसचिव प्रेम कुमार राईले बाढी, पहिरो र डुबानको दीर्घकालिन व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय हुने गरि ठोस रणनीति बनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभा अन्र्तगतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको विहिबारको बैठकमा बोल्दै उहाँले स्पष्ट रणनीति बनाउनुपर्ने आवश्यकता औल्याउनुभएको हो ।

तराई जिल्लाका कतिपय स्थानमा सिमासुरक्षा रोडको भारत तर्फका ढोका नखोलेकाले तथा बागमती र लालबकैया नदीको तटबन्ध कमजोर भएका कारण रौतहटमा डुबान भएको भन्दै उहाँले आन्तरिक र सिमा क्षेत्रका समस्या सम्बोधनका लागि स्पष्ट रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण संकलन हँुदै गरेको र सबै तथ्यांङ्क आएपछि सरकारले निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले विपद व्यवस्थापन नियमावलि अनुसार संघीय सरकारले मृतकका परिवारलाई जनही १ लाख रुपैयाँ उपलब्ध गराउने काम गर्नुको साथै प्रदेश सरकारको तहबाट दिईने राहत वितरणमा एकरुपता ल्याउनका लागि मापदण्ड बनाउनुपर्ने बताउनुभयो ।

समिति सदस्यहरुले बाढी पहिरो र डुबानको समस्या सम्बोधन गर्ने सरकारको पुरानो कार्यशैली परिर्वतन गर्नुपर्ने, सिमामा देखिएको समस्या र आन्तरिक समस्याको अध्ययन गरि दीर्घकालिन समाधानका लागि योजना बनाउनुपर्ने तथा तीन तहका सरकारबीच देखिएको समन्वयको अभावलाई सम्बोधन गरिनुपर्ने धारणा राखेका थिए । समितिले बाढी पीडीतको अनुगमन प्रतिवेदन सम्बन्धमा गृहमन्त्री र गृहसचिवसंग छलफल गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);