विद्युतीय सवारी चार्जिङ स्टेसन : २० प्रतिशतसम्म सेवा शुल्क लिन पाइने | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

विद्युतीय सवारी चार्जिङ स्टेसन : २० प्रतिशतसम्म सेवा शुल्क लिन पाइने

electric bus

काठमाडौं, १२ भदौ । विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालन गर्नेले प्राधिकरणलाई तिरेको शुल्कबाहेक २० प्रतिशतभन्दा बढी सेवा शुल्क नपाउने गरी कार्यविधिको प्रारूप तयार पारिएको छ । चार्जिङ स्टेसन स्थापना र सञ्चालनका लागि कार्यविधि सिफारिस गर्न गठित समितिले प्रारूप तयार पारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई बुधबार मस्यौदा बुझाएको छ ।

समितिले सिफारिस गरेको कार्यविधिको प्रारूपमा विद्युत् नियमन आयोगले शुल्कसम्बन्धी कुनै निर्णय नगरेसम्म प्राधिकरणले हाल लिइरहेको नै लागू गर्न पनि सिफारिस गरिएको छ । ‘व्यापारिक प्रयोजनका लागि चार्जिङ स्टेसनमा विद्युत् सेवा उपलब्ध गराएबापत अन्य यातायात वर्गको लागि निर्धारित महसुल लागू गर्ने,’ कार्यविधिको प्रारूपमा भनिएको छ ।
प्राधिकरणले यातायात क्षेत्रलाई दिने विद्युतको महसुल रातिको समयमा प्रतियुनिट ४ रुपैयाँ मात्रै पर्छ भने दिउँसो करिब ८ रुपैयाँ प्रतियुनिट र साँझ पिक आवरमा करिब ९ रुपैयाँ पर्छ । अधिकांश विद्युतीय सवारी रातको समयमा चार्ज गरिने हुनाले चार्जिङ स्टेसनको स्थापनाले राति खेर जाने विद्युत उपयोग हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । निजी तथा आवासीय भवनमा चार्जिङ स्टेसन स्थापना गर्दा निजी तथा आवासीय ग्राहकले तिरिरहेको महसुलकै दर लागू गर्ने व्यवस्था पनि सिफारिस गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);