अमेजनमा लागेको आगो नियन्त्रण गर्न जी सेभेनले गरेको सहयोग प्रस्ताव ब्राजिलद्वारा अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

अमेजनमा लागेको आगो नियन्त्रण गर्न जी सेभेनले गरेको सहयोग प्रस्ताव ब्राजिलद्वारा अस्वीकार

aagolagi

एजेन्सी, १० भदौ । अमेजन रेनफरेस्टमा लागेको आगलागी नियन्त्रणमा लिनका लागि जी सेभेन राष्ट्रले प्रस्ताव गरेको सहयोग रकम ब्राजिल सरकारले अस्वीकार गर्ने जनाएको छ । फ्रान्समा सम्पन्न जी सेभेन राष्ट्रका नेताहरुको सम्मेलनमा फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले ब्राजिलको अमेजन रेनफरेस्टमा लागेको आगो नियन्त्रणमा लिनका लागि २२ मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रस्ताव गरेका थिए ।

त्यसलाई जी सेभेनका राष्ट्रका नेताहरुले समर्थन गरेका थिए । तर ब्राजिल सरकारले सो रकम स्वीकार नगर्ने जनाएको छ । ब्राजिलका अधिकारीले रकम अस्वीकार गर्नुको कुनै पनि कारण दिएका छैनन् ।ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले फ्रान्सले ब्राजिललाई आफ्नो उपनिवेश जस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।

ब्राजिलका रक्षामन्त्री फेर्नान्डो अजेवेडो इ सिल्भाले अमेजनमा लागेको आगो नियन्त्रण बाहिर नरहेको दाबी गरेका छन । ब्राजिलले उक्त रकम अमेजनको सट्टामा युरोपमा वन बिस्तारका लागि प्रयोग गर्न बढी सान्दर्भिक हुने सुझाव दिएको छ । अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो अत्याधिक मात्रामा लागेको छ, गएको वर्षको तुलनामा झण्डै ८५ प्रतिशत आगलागी बढेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);