वर्किङ भिसामा नेपाल आउँछन् विदेशी | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

वर्किङ भिसामा नेपाल आउँछन् विदेशी

paryatak

काठमाडौं, १० भदौ । नेपालीहरू काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम बढिरहेको बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरू आउने गरेको पाइएको छ । अध्यागमन विभागका अनुसार सन् २०१८ मा विभिन्न मुलुकबाट २ हजार २ सय ८८ जना विदेशी नागरिक वर्किङ भिसामा नेपाल आएका छन् ।

यस्तै, सन् २०१९ को अगस्टसम्ममा विभिन्न देशका १ हजार ३ सय ८४ जना विदेशीले नेपालमा काम गर्न भिसा अनुमति प्राप्त गरेका छन्् । विभागका अध्यागमन अधिकृत राजेश महर्जनले सन् २०१८ र २०१९ को अगस्टसम्म ३ हजार ६ सय ७२ जना विदेशी नागरिकले वर्किङ भिसा अनुमति प्राप्त गरेको जानकारी दिए ।

नेपालमा विभिन्न किसिमका ठूला योजना, सडक तथा पूर्वाधार निर्माणमा काम गर्न विदेशी निर्माण कम्पनीहरूले कामदार ल्याउने गरेका छन् । यसरी ल्याइएका कामदारलाई निर्माण अवधिभर कम्पनीहरूले नै राख्ने गरेका छन् ।

नेपालमा वर्किङ भिसामा चीन, जापान, कोरिया, फिलिपिन्स, थाइल्यान्ड, भुटान, बंगलादेशलगायतका मुलुकबाट विदेशी नागरिक आउने गरेका छन् । अन्य भिसामा प्रवेश आज्ञा लिएर काम गर्ने विदेशीका हकमा भने अध्यागमन विभागले कडाइ गर्ने गरेको छ ।

अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले वर्किङ भिसाबाहेक अन्य भिसामा आएकाले भने काम गरेको पाइए अध्यागमनले कारबाही गर्ने बताए । ‘प्रवेश स्वीकृति पाएको बाहेकका विषयमा कुनै पनि गतिविधि गर्न पाइँदैन,’ निर्देशक तिवारीले राजधानीसँग भने, ‘विपरीत भएको पाइए कारबाही गरिन्छ ।’  यो समाचार राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);