सिन्धुपाल्चोक, ९ भदौ । मेलम्चीको गैराबगर स्थित सहिद गोबिन्द घले स्मृति बहुउदेश्यीय कभर्डहलको शिलान्यास भएको छ । प्रदेश नम्वर ३ सरकारको गौरबको योजना अन्तर्गत बहुउद्देश्यीय कभर्डहलको सोमबार सामाजिक बिकास मन्त्री युवराज दुलालले शिलान्यास गर्नुभएको हो । प्रदेश सरकारको सार्बजनिक निर्माण कार्यान्वयन इकाई धुलिखेल मार्फत १३ करोड लागतमा कभर्डहल निर्माण गर्न लागेको हो ।
जिल्लामा रंगशाला, स्थानीय तहमा कभर्डहल जस्ता गौरबको आयोजना बनाएको प्रदेश सरकारले मेलम्चीमा बन्न लागेको कभर्डहलमा साँस्कृतिक तथा राजनैतिक कार्यक्रम गर्न सकिने र बिशेष गरि विभिन्न खेल खेल्न मिल्ने खालको हल बनाउन लगिएको मन्त्री युबराज दुलालले जानकारी दिनुभयो ।
कभर्डहल भित्र विद्युतीय प्रबिधि बाट ११५० जना अट्ने सिट रिमोटको आधारमा संचालनमा ल्याइने पनि जानकारी गराइएको छ ।




