वडा अध्यक्ष नै बैदेशिक रोजगारका लागि कोरियामा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वडा अध्यक्ष नै बैदेशिक रोजगारका लागि कोरियामा !

koria nepali

काठमाडौं, ९ भदौ । खाँदबारी नगरपालिका –५ का वडा अध्यक्ष बमबहादुर घले बैदेशिक रोजगारका लागि दक्षिण कोरिया पुगेका छन् । स्थानिय तहको निर्वाचनमा जनताको सेवा गर्छु भनेर जनता सामु भोट मागेर खाँदबारी–५ बाट विजयी वडाअध्यक्ष बमबहादुर घले दक्षिण कोरिया पुगेको रहस्य खुलेको छ । गत साउन २४ गते बाट आफ्नो घरयासी कामको शिलसिलाका कारण नगर क्षेत्र बाहिर जानु पर्न भएकाले उपस्थित हुन नसक्ने पत्र मार्फत खाँदबारी नगरपालिका कार्यालयमा जानकारी दिएका छन् ।

वडा अध्यक्ष रोजगारका लागि कोरिया पुगेपछि स्थानियले उप–निर्वाचनको माग गर्दे खाँदबारी नगरपालिका कार्यालयमा निवेदन दिएका छन् । वडा अध्यक्ष घलेले सरकार संचालन ऐन २०७४ को उप दफा ४ को (ग) को (६) बमोजिम कार्यबाहक अध्यक्षको वडा सदस्य श्यामप्रसाद निरौलालाई दिइएको पत्रमा उल्लेख गरेका छन् ।

वडा अध्यक्ष घले पहिलो पटक विजयी भएको ५ महिना नवित्दै व्यत्तिगत कारण देखाउँदै कोरिया पुगेर गत असार महिनामा आएर साउनको २४ उनले जिल्ला छाडेको बताइएको छ । वडा अध्यक्ष घले असारमा महिनामा हाजिर भएर दोस्रो पटक पुनः कोरिया पुगेका हुन् । २०७४ मंसिर २९ गतेको नगरकार्यपालिको बैठकदेखि अनुपस्थीत रहेको वडा अध्यक्ष घले गत असारमा हाजिर भएको खाँदबारी नगरपालिकाले जनाएको छ ।

वडा अध्यक्ष घलेले श्यामप्रसाद निरौला कार्यवाहक छाडेर व्यत्तिगत काममा गएको खाँदबारी नगरपालिकाका उप–प्रमुख डेगेश्वरी श्रेष्ठले जानकारी दिएकी छन् । २०७६ साउन २४ गते देखि निरौलाले पुनःकार्यबाहक वडा अध्यक्षको जिम्मा पाएका छन् । कानुनमा यो विषयम केही उल्लेख नभएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कोमल धमलाले बताए । प्रमुख प्रशासकिय अधिकृत धमलाले भने कानुनमा उप–निर्वाचन हुन राजिनामा वा मृत्यु भएको खण्डमा मात्र हुन सक्ने ब्यवस्था भएको बताए । यो विषयमा संघीय संसदले मात्र कानुन बनाउन सक्ने भएपनि अहिलेसम्म बनिसकेको अवस्था नभएको बताए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);