के तपाईलाई ढाड दुख्ने समस्या छ ?, अपनाउनुहोस् यी उपाय .. | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

काठमाडौँ । पछिल्लो समय ढाड दुखाई आम समस्याका रुपमा देखिन थालेको छ। मानिसमा बढ्दै गरेको व्यस्ततासँगै बसाईको आसन तथा खानपानमा देखिने गरेको अनियमितता कारण ढाड दुखाइ हुने गरेको छ। यी त केही सामान्य कारणमात्र हुन् त्यसबाहेक पनि धेरैबेरसम्म निहुरिएर काम गर्ने व्यक्तिलाई पनि ढाड दुखाइको समस्याले पिरोल्ने गर्दछ। झण्डै ८० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको ढाड दुख्ने समस्या देखिने गरेको पछिल्ला अध्ययनहरुले बताउने गरेका छन्।

सामान्यजस्तै लाग्ने ढाड दुखाइको समयमै उपचार वा निदानका उपायहरु अपनाइएन भने बल्झिदै जाँदा पछि गएर थप कठिनाइहरु आउन पनि सक्छन्। किन दुख्छ ढाडरु ढाड दुख्ने समस्या आफैमा रोग नभएपनि कुनै रोगको एउटा लक्षण मात्र हो।

मानिसमा ढाड दुखाइको समस्या निम्तिने मुख्यकारणहरु निम्नानुसार छन् स् हाम्रो शरीरको भित्री भागमा चोटपटक लागेमा पनि ढाडदुखाइको समस्या देखिन सक्छ। जस्तै, मेरुदण्डको हड्डी भाँचिएको अवस्था, नशा च्यापिएको र लिगामेन्टुको समस्याका कारण पनि ढाड दुखाइ हुने गर्दछ। ढाड दुख्ने अर्को कारणमा आसन पनि एक हो। नमिलेको आसनमा बस्दा, सुत्दा विस्तारा वा सिरानी नमिल्दा, लामो समय उभिएर र निहुरिएर काम गर्दा अनि ढाड अड्याउने सहायता नभएको कुर्सीमा बस्दा पनि ढाड दुखाइको समस्या आउनसक्छ। त्यतिमात्र नभई ठूलो पेटका कारण पनि यस्तो समस्याले दुख दिने गर्दछ हड्डी खिईने समस्या र हड्डीको क्षयरोग र अन्य संक्रमणबाट पनि ढाड दुख्न सक्छ।

जन्मजात हुने ढाडको हड्डीको समस्या तथा ढाडको हड्डीको क्यान्सर हुनु, उमेर बढ्दै गएपछि हड्डी खिइने समस्या बढी देखिने भएकाले बुढेसकालमा ढाड दुख्ने समस्या बढी देखिन सक्छ। गर्भवती वा धेरै बच्चा जन्माउने महिलाहरुमा पनि अक्सर गरेर ढाड दुखाइको समस्या हुने गर्दछ। ढाड दुखाइको समस्या बढ्दै जाँदा हात खुट्टा झमझमाउने, लाटो हुने लगायतका लक्षणहरु देखिने गर्दछन्। ढाड दुखाइको समस्याबाट कसरी उन्मुक्ति पाउनेरु यदि कसैमा ढाड दुख्ने र माथि भनिएजस्तो कुनै लक्षण देखिएमा कारण के हो भनि थाहा पाउनका लागि जाँच गराउन जरुरी हुन्छ। त्यसका लागि हाडजोर्नी चिकित्सकलाई भेटेर सल्लाह लिनु सबैभन्दा उपयुक्त उपाय हो।

चिकित्सकको सल्लाह अनुरुप एक्स रे, सीटी स्क्यान,एमआर.आइ. गरेर खास समस्या पत्ता लगाउन सकिन्छ। उपचार गराउने विधि विभिन्न जाँच पछि ढाड दुख्ने समस्या के कारणले भएको भएको हो पत्ता लागेपछि चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्छ । एक्कासी देखिएको दुखाइ हो भने केहि दिनको आरामले पनि सन्चो सक्छ। बढी नै दुखेमा भने चिकित्सकको सल्लाह अनुरुप दुखाइ कम गर्ने औषधी प्रयोग गर्न सकिन्छ।

तर कुनैपनि औषधी प्रयोग गर्नु अगाडी चिकित्सकसँग अनिवार्य परामर्श लिनुपर्छ । ढाड दुखाइको उपचारको एउटा विधी फिजियोथेरापी पनि हो । मेरुदण्डको समस्या भएमा त्यसै अनुरुपको व्यायाम गरेर पनि दुखाइ कम गर्न सकिन्छ । क्षयरोग वा अन्य समस्या रहेछ भने त्यसको निम्ति सोही अनुसार औषधी सेवन गर्नुपर्छ । विरामी आफैले कुन काम गर्दा बढी ढाड दुख्छ र कुन काम गर्दा सन्चो हुन्छ ख्याल राख्नुपर्छ । त्यसैले ढाड दुखाइलाई बढी असर पुर्याउने कामहरु जस्तै गह्रौ भारी उचाल्ने, धेरै वेरसम्म उभिईरहने आदि कामलाई कम गरेमा ढाड दुखाइको समस्याबाट पार पाउन सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);