उजुरी दिँदैनन् उपभोक्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

उजुरी दिँदैनन् उपभोक्ता

ktm dhulo

काठमाडौं, ८ भदौ । – औखर पौवामा फोहोर मैलाबाट स्थानीयको स्वास्थ्यमा गम्भीर असर।

– ढल अव्यस्थित हुँदा जनस्वास्थ्यमा असर।

– इँटा भट्टाको धुँवाबाट स्वास्थ्यमा गम्भीर असर।

– एनसेलको ठूलो जेनेरेटरका कारण ध्वनी तथा धुँवाबाट असर।

– स्वयम्भू बारुदखानामा विस्फोटक पदार्थ बनाउँदा कर्मचारीको स्वास्थ्यमा गम्भीर असर।

उपभोक्ता स्वयंले मानव अधिकार आयोगमा हालेका उजुरीका केही नमूना हुन् यी। उपभोक्ता अधिकार संरक्षणमा उपभोक्ताबाटै निकै थोरै उजुरी पर्ने गरेका छन्। जनस्वास्थ्य, श्वासप्रश्वास, प्रदूषण, फोहोर मैला तथा ध्वनी प्रदूषणका कारण उपत्यकाभित्र जनजीवनमा असर पारेको भन्दै उजुरी आउने गरेको छ।

उपभोक्ता अधिकार संरक्षणका विषयमा मानव अधिकार आयोगमा ०७५/७६ मा सात वटा मात्रै उजुरी परे।उपभोक्ता संरक्षण ऐनबारे अनविज्ञताका कारण उजुरी कम परेको आयोगको भनाइ छ। कानुनबारे जानकारी नहुँदा सर्वसाधारणमा उपभोक्ता हित विपरीत र निकायबाट आफू ठगिएमा कहाँ र कसरी उजुरी दिने भन्नेमा अन्यौल छ।

उजुरी, कारवाही प्रक्रिया र सजाय सम्बन्धमा जनचेतनाको अभावमा पीडितले सेवा प्रदायकविरुद्ध उजुरी नदिएको आयोगको बुझाइ छ। स्थानीय सरकारले पनि उपभोक्ता अधिकार संरक्षणमा चासो नदिएको आयोगको अनुगमनले देखाएको छ। गाउँपालिका अध्यक्ष वा नगरपालिका प्रमुखको संयोजकत्वमा स्थानीय बजार अनुगमन समितिमार्फत् बजार अनुगमन गर्नुपर्ने भए पनि त्यस्ता समिति सक्रिय छैनन्। यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।