महानगरपालिकाद्धारा अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तसँग आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

महानगरपालिकाद्धारा अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तसँग आग्रह

kathmandu_mahanagarpalika

काठमाडाैं, २ चैत । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तसँग आग्रह गरेको छ ।

सोमबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बजारमा खाद्यपद्धार्थको मिसावट, स्वास्थ्यमा हानी पु¥याउने वस्तुको विक्रि वितरण जस्ता अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न आग्रह गर्नुभएको हो ।

उहाँले महानगरपालिकाले सक्रिय रुपमा बजार अनुगमन गरिरहेको पनि बताउनुभयो । उपमेयर खड्गीले आफ्नो व्यवसायले कानुनी प्रक्रिया पुरा गरे/नगरेकोमा समेत सचेत हुन व्यवसायीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले गुणस्तरीय सामान उत्पादनमा उत्पादकको मात्रै नभई ढुवानी,भण्डारण,विक्रि वितरणमा जोडिएका सबै पक्ष र उपभोक्ताहरु पनि सचेत र जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);