बदनामी कमाएर बाहिरिँदै खनियाँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बदनामी कमाएर बाहिरिँदै खनियाँ

tu

काठमाडौं, ६ भदौ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले चारवर्षे पदावधि सकिएपछि शुक्रबार अवकाश पाउँदै  छन् । विश्वविद्यालय सुधारमा खासै केही गर्न नसकेका उनले एकपछि अर्को विवादास्पद काम गरिरहे । सतहमा आएका र चर्चामा रहेका उनका विवादित गतिविधि दर्जन हाराहारी छन् ।

‘खोज्दै जाने हो भने सानातिना र अन्य विवादित काम कति छन् कति ?’ त्रिभुवन विश्वविद्यालय स्रोतले भन्यो । राजनीतिक भागबन्डामा कांग्रेस कोटाबाट उपकुलपति बनेका खनियाँ विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त बनाई प्राज्ञिक उन्नयनमा लाग्ने काम गर्न चुकेका छन् ।

उनले कानुन कुल्चँदै विश्वविद्यालयको सम्पत्ति दुरुपयोग गरेको समेत भेटियो । कार्यकारी परिषद्को निर्णयबिना विश्वविद्यालयको सम्पत्ति अरूलाई दिन पाइँदैन तर त्रिभुवन विश्वविद्यालयका नाममा रामपुरमा रहेको जग्गा उपकुलपति एक्लैको निर्णयले भरतपुर महानगरपालिकालाई दिए । नेपाल ल क्याम्पसका एक अध्यापक भन्छन्, ‘अख्तियारले गम्भीरतापूर्वक छानबिन गरेको भए खनियाँले भ्रष्टाचार आरोप सामना गर्नुपर्थ्यो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);