अब मन्त्रिपरिषद्को बैठक 'भिडियो कन्फरेन्स’बाट | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

अब मन्त्रिपरिषद्को बैठक ‘भिडियो कन्फरेन्स’बाट

gokul baskota

काठमाडौं, ५ भदौ । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक अब देखिे ‘भिडियो कन्फरेन्स’बाट पनि हुने भएको छ । बिहिबार मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्रि गोकुल बास्कोटाले मन्त्रि परिषद्को बैठक  ‘भिडियो कन्फरेन्स’बाट पनि गर्न सकिने निर्णय भएको बताउनु भयो ।

मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०६५ लाई संशोधन गरि प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको समयमा पनि ‘भिडियो कन्फरेन्स’ लगायतका सुचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बैठक बस्न सक्ने गरि नियमावली संशोधन गरिएको संचार मन्त्रि बास्कोटाले जानकारी गराउनुभयो ।

सरकारले गरेको यो निर्णयबाट स्वास्थ्य परिक्षणको शिलशिलामा सिंगापुर रहनु भएका प्रधानमन्त्रीले  ‘भिडियो कन्फरेन्स’मार्फत बैठकको अध्यक्षता गर्दै निर्णय गर्न सक्नुहुनेछ । यस्तै मन्त्रि परिषदको बैठकले तराई मधेश द्रुत मार्गको केहि स्थानमा बाटो परिवर्तन गर्ने निर्णय पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);