अछाममा जिप दुर्घटना: तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अछाममा जिप दुर्घटना: तीन जनाको मृत्यु

Achham_district_location

अछाम, ५ भदौ । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिपमा रहेका ६ जना मध्य एकजनाको घटना स्थलमै र अरु दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटना स्थलमा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारले मृत्यु भएको थियो भने उपचारका क्रममा बान्नीगढी जयगढ गाउँपालिका–४ कै काले परियार र बैतडी घर भई हाल अछाममा सवारी चालकको काम गर्दै आएका लाल बोहराको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप जयगढ माझेठाना सडक खण्डअन्तर्गत सुकिबाग डिल्ली बजार नजिक बुधबार साँझ सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनु भयो । घाइते हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका सवारी चालक जँङिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी रहेका छन् । उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);