अछामका स्थानीय तहमा भूमिहीनको तथ्यांक संकलन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

अछामका स्थानीय तहमा भूमिहीनको तथ्यांक संकलन सुरु

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा पालिकाभित्रका भूमिहीन र अब्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचान गरिएको छ ।

गाउँपालिकाभित्रमा रहेका भूमिहीन र अव्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचालन गरेको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए । 

तथ्यांक संकलनको काम सकिएपछि पालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीहरूलाई जग्गा धनी प्रमाण पत्र दिने अध्यक्ष खड्काले बताए । लामो समयदेखि अरुको जग्गामा घर बनाई बसोबास गरिरहेका तर जग्गाधर्नी पूर्जा नभएकालाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले एफएमडीसीको सहयोगमा अभियान थालिएको खड्काले बताए ।

आफ्नै कार्यकालमा विकास बजेट कटौती गरेर भए पनि भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले काम गरिएको उनले बताए । पालिकाभित्रका भूमिहीन र अब्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न १८ पुसदेखि पालिकाका ६ वडामा १२ जना सहजकर्ता परिचालन छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);