चिकित्सकको परामर्शकै आधारमा प्रधानमन्त्री उपचारका लागि सिंगापुर जाँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

चिकित्सकको परामर्शकै आधारमा प्रधानमन्त्री उपचारका लागि सिंगापुर जाँदै

pm oli

काठमाडौं, ३ भदौ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डाक्टरहरुको परामर्शकै आधारमा प्रधानमन्त्री उपचारका लागि सिंगापुर जान लाग्नुभएको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रतिनिधिसभा नियमावलिको पच्छिेद ८ बमोजिम प्रश्नोत्तरको कार्यक्रम अन्र्तगत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिंदै मन्त्री यादवले प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकै सल्लाहमा उहाँको सिंगापुरमा उपचार गर्न लागिएको बताउनुभएको हो ।

नेपालमा धेरै रोगहरुको उपचार संभवन भएको भएपनि केही जटिल अवस्थाका रोगका लागि बाहिर जानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री पनि उपचारमा संलग्न चिकित्सककै पराशर्ममा सिंगापुर गएको र फेरी जाने क्रममा रहनुभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “नेपालमा धेरै रोगहरुको उपचार संभव छ । केही ट्रिपिकल कण्डिसनमा बाहिर जानुपर्ने पनि हुन सक्छ । र प्रधानमन्त्री ज्यूको स्वास्थ्य उपचारका लागि यहाँका डाक्टरले बाहिर नै रिफर गरिसकेको हुनाले बाहिर नै उपचार गराउँदा उचित हुन्छ । र उहाँ उपचारका लागि जानुभएको थियो र फेरी जाने क्रममा हुनुहुन्छ । ”

सांसद प्रेम सुवालले हालै मात्रै सिंगापुरमा उपचार गराएर आएका प्रधानमन्त्री केपी शर्मा ओली फेरी उपचारका लागि सिंगापुर जान लागेको भन्दै नेपालको उपचार पद्धति र प्रधानमन्त्रीको स्वास्थ्य बारे जानकारी माग गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);