माना पाथी जोखे जस्तो पार्टीमा सन्तुलन मिल्दैन : ईश्वर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माना पाथी जोखे जस्तो पार्टीमा सन्तुलन मिल्दैन : ईश्वर पोखरेल

काठमाडौं, ३ भदौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले ‘माना पाथी जोखे’ जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्बर ५ ले मंगलबार राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताउनुभएको हो । उहाँले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउँदै जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रक्रियाबाट नमिलेका कुराहरु मिलाउँदै जाने हो । एकैचोटी मानापाथी जोखे जस्तो सबै कुरा मिल्दैन पार्टीमा । एकदम ढ्याक्क ढ्याक्क कति किलो जस्तो हुँदैन । यो जोखे जस्तो हुँदैन । नमिलेका कुराहरु भोली व्यवहारमा मिलाउँदै जाने हो ।’

उहाँले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले छिट्टै काठमाडाैं जिल्ला कमिटीले पुर्णता पाउने विश्वास पनि दिलाउनुभयो । काठमाडौं अन्तर्गत १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रिय स्तरका कमिटीले पूर्णता पाएका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);