इलाममा गुणस्तरीय किवी उत्पादन नहुँदा किसान चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

इलाममा गुणस्तरीय किवी उत्पादन नहुँदा किसान चिन्तित

 टिका खतिवडा
इलाम, ३ साउन । पुर्वको इलाम सहित केहि जिल्लामा उत्पादन भइरहेको किवी फलको गुणस्तरीय उत्पादन नहँुदा बजारमा समस्या रहेको छ । जमिनको उचाई अनुसार किवीको जात छनौट नहुँदा फलको उत्पादन सानो र तौल कम भएको विशेषज्ञले औंल्याएका छन् ।

गुणस्तरीय फल उत्पादन नहुँदा कम मुल्यमा किवी विक्री गर्नुपरेको भन्दै किसान चिन्तित भएका छन् । किवी फलको व्यवसायिक रुपमा उत्पादन र उचित मुल्य पाउनका लागि किवी बालीको व्यवस्थापनमा ध्यान दिन आवश्यक भएको किवी फल महासंघका महासचिव तथा किवी विशेषज्ञ सगुन उप्रेती बताउनुहुन्छ ।

इलाम जिल्लामा किवी फलको व्यवसायिकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किवी जोन संचालनमा रहेको छ । पाँच सय हेक्टर क्षेत्रमा फैलिएको किवी खेतीबाट बार्षिक पाँच सय टन उत्पादन हुने गरेको छ ।

उत्पादित किवी धेरै जसो जिल्लामै खपत हुने गरेपनि केही राजधानी र बाँकी विदेश निर्यात भइरहेको छ । विदेश निर्यात र बजार विस्तारका लागि गुणस्तरीय आकार र तौल भएको फल उत्पादनमा जोड दिए मात्र उचित मुल्य पाइने किवी जोन परियोजना संञ्चालक समितिका संयोजक देउ कुमार राईको भनाइ छ ।

एक बोटमा करिव दुइ सय किलोसम्म उत्पादन हुने किवी मकैबारीमा, चियाबारीमा र अलैचीका बोट माथि थाँग्रा लगाएर रोप्ने गरीएको छ । किवीको ग्राफ्टीङ. विरुवा उत्पादन गर्न इलामका किसान सीपालु भइसकेका छन् भने किवी खेतीको प्रवर्द्धन गर्न इलाममा किवी महोत्सव समेत आयोजना गरीएको थियो ।

समुद्र सतहदेखि ८ सय मिटर र तीन हजार मिटर उचाइको क्षेत्रमा किवी फल खेती गर्न सकिने हुँदा आय आर्जन बृद्धिका लागि महत्वपुर्ण हुने हुन्छ । किवी फलमा १२ किसिमको फलफूलको स्वाद र १७ किसिमको प्रोटिन, भिटामिन र खनिज तत्वहरु पाइन्छ ।

यो फलबाट जुस, जाम, जेली र वाइन समेत बन्ने हुदा घरेलु उत्पादनमा समेत यसलाई प्रयोग गर्न सकिने भएकाले यस्को माग बड्दो रहेपनी जमिनको उचाई अनुसार किवीको जात छनौट नहँुदा समस्या उत्पन्न भएको देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);