नियन्त्रणमा रहेको ईरानी तेल टयांकरलाई जिब्राल्टरले छाड्याे | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

नियन्त्रणमा रहेको ईरानी तेल टयांकरलाई जिब्राल्टरले छाड्याे

एजेन्सी, २ भदौ । जिब्राल्टरले नियन्त्रणमा लिएपछि कूटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्यांकर जिब्राल्टरले छाडेको छ । अमेरिकाले बेलायती उपनिवेश जिब्राल्टरलाई उक्त तेल ट्यांकर नछाड्न आग्रह गरेको थियो ।

तर अमेरिकाले गरेको अनुरोधलाई जिब्राल्टरले अस्वीकार गरेको छ । उक्त ट्याङकरलार्य जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको थियो ।

जिब्राल्टरले अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएपनि यूरोपियन यूनियनले इरानमाथि प्रतिबन्ध नलगाएको भन्दै अमेरिकी आग्रहलाई अस्वीकार गरेको जनाइएको छ ।

जिब्राल्टरले ‘ग्रेस १’ नाम दिइएको सामुद्रिक तेल ट्यांकरलाई युरोपेली संघका प्रतिबन्धहरु उल्लंघन गरी सिरियातर्फ इन्धन लगेको आशंकामा नियन्त्रणमा लिएको थियो। जिब्राल्टरको उक्त कदमपश्चात् बेलायत र इरानबीचको सम्बन्धमा गतिरोध आएको थियो ।

इरानले पटक–पटक आफूले कुनै नियम उल्लंघन नगरेको दाबी गर्दै आएको थियो । जिब्राल्टरको सर्वोच्च अदालतले गत बिहीबार तेल ट्यांकर छाड्न आदेश दिएको थियो ।

अदालतको आदेशलगत्तै इरानले नयाँ चालकदल जिब्राल्टर पठाएको थियो । उक्त ट्यांकरमा २१ लाख ‘ब्यारेल’ तेल रहेको छ । इरानले भने उक्त ट्यांकरलाई ‘सुपर’–ट्यांकरको नाम राखेको छ । उक्त टयांकर छाडिपछि दक्षिणतर्फ प्रस्थान गरेको जनाइएको छ ।

जिब्राल्टरका सरकारी अधिकारीहरुले भने उक्त ट्यांकरको गन्तव्यकाबारेमा आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।अमेरिकाले उक्त ट्यांकरबाट इरानी तेल छुकिछिपी सिरियातर्फ लैजान खोजिएको आरोप लगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);