'दिगो विकास लक्ष्य प्राप्तिका बिषयमाथिको बुझाई सही हुन सकेन' | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘दिगो विकास लक्ष्य प्राप्तिका बिषयमाथिको बुझाई सही हुन सकेन’

digo bikash

काठमाडौं, १ भदौ । विज्ञहरुले दिगो विकासका लक्ष्य र प्राथमिकताका विषयमाथिको ज्ञान कमि भएकाले विस्तृत बुझाईको आवश्यकता औल्याएका छन् ।

संसदको दिगो विकास तथा सुशासन समितिले काभ्रेको धुलिखेलमा आयोजना गरेको एक कार्यक्रममा सहभागी विज्ञहरुले आइतबार संघीय संरचना अनुसार तीनवटै सरकार सक्रिय भई अघि बढीरहेका बेला दिगो विकासको बारेमा संघले मात्रै चर्चा गरेर लक्ष्य प्राप्त गर्न नसकिने धारणा राखेका थिए ।

कार्यक्रममा पूर्व परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले तीनै तहका सरकारलाई राज्यसत्ताको प्रयोग गर्ने अधिकार भएकाले आपसमा समन्वयन गरि बुझाईलाई व्यापक पार्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा पुर्व सचिव जनकराज जोशीले दिगो विकास लक्ष्य पुरा गर्नका लागि निर्धारण गरिएका विषयमाथिको बुझाई नै सही हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले गरिबीलाई चिन्दै नचिनीकन गरिबीको कार्यक्रम संञ्चालन गरिएकाले प्रभावकारी हुन नसकेको दाबी गर्नुभयो ।

पुर्व मुख्य सचिव बिमल कोइरालाले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सरकार र शासन व्यवस्था संञ्चालनमा आमुल सुधार ल्याउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१६ देखि २०३० सम्म विश्वको रुपान्तरण र विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछोड्ने प्रतिवद्धताका साथ सन् २०१५ को सेप्टेम्बरमा दिगो विकासका लक्ष्यहरु घोषणा गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);