मसानघाटमा बस्ने परिवारलाई घर र रोजगारी | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

मसानघाटमा बस्ने परिवारलाई घर र रोजगारी

ghat

मकवानपुर, ३२ साउन । हेटौंडा उपमहानगरपालिका–१२ मसानघाटमा बस्दै आएको पार्वती सुनार विक परिवारले घर र रोजगारी पाउने भएको छ। मसानघाटमा मलामी बस्न बनाइएको छाप्रोमा बस्दै आएका दलित परिवारका लागि हेटौंडा उपमहानगरपालिकाले दुईकोठे घर निर्माण गरी परिवारका एकजनालाई रोजगारी दिने भएको हो।

साउन २१ गते परिवारको दुःख र समस्याबारे नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि उनीहरूको दयनीय अवस्थाबारे सरोकारवालाले चासो दिएका हुन्। परिवर्तन सामुदायिक वनभित्र बस्दै आएको सो परिवारका लागि उपमहानगरपालिकाले पक्की घर बनाइदिने मेयर हरिबहादुर महतले बताए। उनका अनुसार परिवारका एकजना सदस्यलाई सरसफाइसम्बन्धी रोजगारीसमेत दिइनेछ।

दुई वर्षदेखि मसानघाटमा बस्दै आएको विक परिवारमा पतिपत्नी, चार वर्षीय छोरा, ११, १० र डेढ वर्षीया गरी तीन छोरी छन्। जंगलभित्र सुनसान स्थानमा रहेको उनीहरू बसेको छाप्रोनजिकै मान्छे जलाउने तीन वटा मसानघाट छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।