एजेन्सी, २६ साउन । पूर्वी चीनमा आएको लेकिमा नामक आँधीमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
आँधीले उत्तर पूर्वी चीनको तटीय क्षेत्रमा शनिबार बिहानैबाट भारी वर्षा गराएको र वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । बाढी र पहिरोका कारण अरु १४ जना हराइरहेको र दश लाख भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।
१८७ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी हाल झेजियाङ प्रान्ततर्फ अघि बढिरहेको सिन्ह्वाले जनाएको छ । आँधीले चीनको आर्थिक राजधानी मानिने साङ्घाई शहरलाई समेत प्रभावित बनाउने अनुमान गरिएको छन् । आँधीलाई मध्यनजर गर्दै साङ्घाई शहरका १ हजारभन्दा धेरै विमानको उडान रद्द गरिएको छ भने रेलसेवा पनि रोकिएको छ ।