आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको प्रचण्डको दावी | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको प्रचण्डको दावी

पुष्पकमल दाहाल

काठमाडौं, २४ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दावी गर्नु भएको छ ।

अध्यक्ष दाहालले माओवादी विद्रोहको नेतृत्वको गर्ने अवसर आफूलाई प्राप्त भएपनि आफू हिंसात्मक गतिविधिमा भने संलग्न नभएको बताउनु भएको हो ।

दिनानाथ शर्माद्धारा लिखित ‘झरीको सौन्दर्य’ नामक निबन्ध संग्रहको शुक्रबार काठमाडौंमा बिमोचन गर्दै उहाँले अहिले आफूलाई हिस्रक मान्छेको रुपमा चित्रण गर्ने गरेको भन्दै असन्तुष्टि पनि जनाउनु भयो ।

‘म त्यस्तो बिद्रोही नेता हुँ, जसले कसैलाई एक लपेटो हानेको पनि छैन् कसैको एक लपेटो खाएको पनि छैन,’ अध्यक्ष दाहालको भनाई थियो,‘ तर मेरो हिंसात्मक गतिविधिमा कुनै संलग्नता रहेन भन्दा मान्छेहरुलाई पत्याउन गाह्रो भईरहेको छ ।’

अध्यक्ष दाहालले आफूले माओवादी विद्रोहको नेतृत्वमात्रै नगरी त्यसलाई शान्ति प्रक्रियामा ल्याउन सफल नेताको परिचय बनाएको पनि बताउनु भयो । उहाँले माओवादी विद्रोहको नैतिक जिम्मेवारी भने आफैले लिन पनि स्पष्ट पार्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);