विकास निर्माणको काममा जुट्न महानगरबासीलाई मेयरकाे आह्वान | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

विकास निर्माणको काममा जुट्न महानगरबासीलाई मेयरकाे आह्वान

मेयर विद्यासुन्दर शाक्य

काठमाडौं, २३ साउन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विकास निर्माणको काममा जुट्न महानगरपालिकाबासीलाई आह्वान गर्नु भएको छ ।

मेयर शाक्यले संघीयता विरोधि गतिविधि हुन नदिन पनि महानगरबासीलाई सचेत गराउनु भयो । मातृभूमि महिला समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चुनावका बेला गरिएको सबै प्रतिवद्धता पूरा हुने गरी आफूले काम गरिरहेको दावी पनि गर्नु भयो ।

उहाँले महानगरबासीलाई मारमा पर्न नदिन चालू आर्थिक वर्षमा पनि करको दर नबढाइएको स्पष्ट पार्नु भयो । मेयर शाक्यले काठमाडौं महानगरपालिकाले सम्पदा पुनर्निर्माण, हरियाली प्रवर्द्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाएको पनि बताउनु भयो ।

‘सम्पदाको पुनर्निर्माण, हरियाली प्रवर्द्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकता दिइएको छ,’ मेयर शाक्यको स्पष्टिकरण थियो, ‘महानगरबासीलाई दुःख नहोस् भनेर कुनै पनि क्षेत्रमा करको दर बढाएका छैनौं ।’

मेयर शाक्यले काठमाडौं महानगरपालिकालाई स्वच्छ, सुन्दर र हरियालीयुक्त बनाउन महानगरपालिकाका सबै जनप्रतिनिधिहरु लागि परेको दावी पनि गर्नु भयो । उहाँले आफूले निर्वाचित गरेका जनप्रतिनिधिहरुलाई सचेत गराउने काममा लाग्न पनि महानगरबासीलाई आग्रह गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);