पत्रकार पुडासैनीको शव पोस्ट मार्टमका लागि शिक्षण अस्पतालमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

पत्रकार पुडासैनीको शव पोस्ट मार्टमका लागि शिक्षण अस्पतालमा

shalikram

अनुसन्धानलाई प्रभावित पार्ने समाचार प्रति प्रहरीको गम्भिर ध्यानाकर्षण 

 

काठमाडौं, २२ साउन । जिल्ला प्रहरी कार्यालय चितवनले माउण्टेन टेलिभिजनका मृत पत्रकार शालिकराम पुडासैनीको संम्बन्धमा विभिन्न अनलाईन संचार माध्यम तथा सामाजिक संजालमा अनुसन्धानलाई प्रभावित पार्ने गरी प्रकाशित अफवा पूर्ण समाचार तथा टिप्पणी प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

४/२० गते जिल्ला नुवाकोट बेलकोटगढी वडानम्बर ३ बस्ने २७ को शालिकराम पुडासैनी जिल्ला चितवन भरतपुर माहानगरपालिका वडानम्वर १ पोखरा वसपार्क स्थित होटल कंगारुको कोठानम्बर २०२ को सिलिड फयनमा लाइलन डोरीको पासो लगाई झुण्डीएको अवस्थामा सव फेला परेको थिए ।

सो घटना संम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनबाट अनुसन्धान सुरु भैसकेको र हालसम्म घटना स्थल अनुशन्धान पश्चात शब परिक्षणका लागि त्रिभुवन विश्वविधालय शिक्षण अस्पताल माहाराजगंज काठमाण्डौ पठाएको अन्य अनुसन्धान कार्य जारी रहेको प्रेसविज्ञप्ती मार्फत जानकारी गराएको छ ।