३३ केजी सुन प्रकरण : सर्वोच्चबाट एसएसपी खत्रीसहित २८ जनालाई छाड्न अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

३३ केजी सुन प्रकरण : सर्वोच्चबाट एसएसपी खत्रीसहित २८ जनालाई छाड्न अस्वीकार

SUPREME_COURT

काठमाडौं, १८ साउन । सर्वोच्च अदालतले ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्र्रकरणसम्बन्धी मुद्दामा एक आरोपीबाहेक सबैलाई थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले लामो बहसपछि यस्तो निर्णय सुनाएको हो । सर्वोच्चले व्यापारी महावीरप्रसाद गोल्यान (चाचाजी)लाई भने १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

मोरङ जिल्ला अदालतबाट विराटनगर उच्च अदालत हुँदै १२ कात्तिकमा अदालती बन्दोबस्तीको १७ नम्बरबाट पुनरावेदन निवेदन दर्ता भएको थियो । सो मुद्दा पछिल्लो समय १९ असार २०७६ बाट निरन्तर बहस सुरु भएर दुवै पक्षको बहस सकिएपछि हेर्दाहेर्दै सूचीमा राखेर सर्वोच्चले शुक्रबार आदेश गरेको छ ।

सर्वोच्चले शुक्रबार विराटनगर उच्च अदातलतको आदेश सदर गरेपछि आरोपीहरू थुनामा रहने भएका छन् । सर्वोच्चले एसएसपी श्यामबहादुर खत्री, डीएसपी सञ्जयबहादुर राउत, तुलाराम थारू, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, संवीरप्रसाद तोलांगे, मदन सिलवाल, अमरमान डंगोल, कपिलराज पुरी, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, भुजुङ गुरुङ, छिरिङ वाङ्गेल घले, राजु महर्जन, सैयद अकबर शाह, पुण्यप्रसाद लामा, प्रभात अग्रवाल, विमल पदवार, राजेन्द्रकुकार शाक्यसहित २८ जनालाई छाड्न अस्वीकार गरेको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);