विगतका गल्तीलाई सच्याउँदै अघि बढ्न न्यायालय प्रतिबद्ध : प्रधानन्यायाधीश | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

विगतका गल्तीलाई सच्याउँदै अघि बढ्न न्यायालय प्रतिबद्ध : प्रधानन्यायाधीश

cholendra-jabara

काठमाडौं, १६ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयका विगतका गल्तीलाई सच्याउँदै अघि बढिरहेको बताउनु भएको छ । प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा आफू क्रियाशील रहेको पनि स्पष्ट पार्नु भयो ।

बिहीबार विभिन्न संचारमाध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संचारमाध्यामहरुलाई नागरिकको सहज, सरल र निष्पक्ष ढंगले न्याय पाउने सपना परिपूर्ति गराउने कार्यमा सहयोग गर्न पनि पटक–पटक आग्रह गर्नु भयो ।

‘न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा हामी सधैं क्रियाशील छौं, हिजो भएका गल्तीलाई दिनानुदिन सच्याउँदै हामी अघि बढिरहेका छौं, संचारकर्मीमाझ प्रधानन्यायाधीश जबराको अठोट थियो, ‘न्यायपालिका स्वतन्त्र, निष्पक्ष र समक्ष हुनुपर्छ भन्ने संविधानको मूल मर्म पूरा गर्न सकेको योगदान दिन आफू प्रतिवद्ध छु ।’

प्रधानन्यायाधीश जबराले न्यायालय एक्लैले न्याय पाउने नागरिकको अधिकारलाई पूरा गर्न नसक्ने उल्लेख गर्दै त्यसमा सरकार, संसद र संचारकर्मीहरुको ठूलो सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पार्नु भयो । उहाँले अदालतको गल्ती ढाकछोप नगर्न पनि संचारकर्मीहरुलाई आग्रह गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);