न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन प्रधानन्यायाधीशको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन प्रधानन्यायाधीशको आह्वान

काठमाडौं, १० असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन सम्वद्ध सबै पक्षलाई आह्वान गर्नु भएको छ ।

प्रधानन्यायाधीश जबराले संविधान जारी भएको परिप्रेक्ष्यमा सुदृढ न्यायपालिकाको उद्देश्य र राणनीतिसहित लागू गरिएको न्याय पालिकाको चौंथो रणनीतिक योजना कार्यान्वयनमा सम्वद्ध सबै पक्षको साथ, सहयोग र सहकार्यको जरुरी रहेको पनि स्पष्ट पार्नु भयो ।

दसैं, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसर पारेर शुक्रबार सर्वोच्च अदालतले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले मुलुकको विकास, समृद्धि तथा सुशासन र न्यायपूर्ण समाज स्थापनाका लागि यस्ता चाडपर्वहरुले उर्जा र प्रेरणा प्रदान गरुन भन्ने कामना पनि गर्नु भयो ।

प्रधानन्यायाधीश जबराले संविधानवाद, लोकतन्त्र र मानव अधिकारको रक्षाका लागि पनि न्यायपालिकाको स्वतन्त्रता र स्वायत्तता सर्वोपरी र सर्वकालीन महत्वको विषय भएको पनि स्मरण गराउनु भयो ।

प्रधानन्यायाधीश जबराले संविधान र कानुनमा उल्लेख गरिएका विषयलाई व्यवहारबाटै कार्यान्वयन गरेर स्वतन्त्र र स्वायत्त न्यायापालिकाको सुनिश्चितता गर्नुपर्ने आवश्यक्ता पनि आंैल्याउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);