एजेन्सी, १६ साउन । अल कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले बताएका छन् ।
फेब्रअरी महिनामा अमेरिकी सरकारले हम्जा बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा समेत गरेको थियो भने साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो । करिब ३० वर्षका हम्जा बिन लादेनले अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गर्दै आएका थिए । उनको मृत्युको खबर सबैभन्दा पहिले एनबीसी र न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको हो ।
ओसामा बिन लादेन अमेरिकी फौजद्वारा पाकिस्तानमा मारिएका थिए । हम्जा बिन लादेनले आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गर्दै आएका थिए । हम्जाका बाबु ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका हुन् ।