भाडामा कोठा उपलब्ध गराई दिन माग गर्दै काठमाडौं महानगरमा उजुरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

भाडामा कोठा उपलब्ध गराई दिन माग गर्दै काठमाडौं महानगरमा उजुरी

काठमाडौं, १५ साउन । भाडामा कोठा उपलब्ध गराई दिन माग गर्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ । काठमाडौं महानगरपालिकाको न्यायिक समितिले बुधबार पत्रकार सम्मेलन गरी भाडामा कोठा उपलब्ध गराई दिन माग गर्दै उजुरी परेको तथ्यांक सार्वजनिक गरेको हो ।

त्यसैगरी घर भाडा भाग लगाई पाउ भनि एउटा उजुरी परेको काठमाडौं महानगरपालिकाकी कानुन अधिकृत हरिमाया घिमिरेले जानकारी दिनु भयो । काठमाडौं महानगरपालिकाको न्यायिक समितिले मेयर विद्यासुन्दर शाक्यलाई बुझाएको गत आर्थिक वर्षको कार्य प्रगति विवरणमा जम्मा १सय ९८ उजुरी दर्ता भएकोमा ६१ वटा फर्स्योट भएको र ९० वटा विचाराधिन अवस्था रहेको पनि उल्लेख गरिएको छ ।

न्यायिक समितिले सम्बन्ध विच्छेदका लागि सिफारिस गरि दिन ३४ वटा उजुरी परेको पनि जनाएको छ । त्यसमध्ये २० वटा फर्स्योट गरिएको पनि काठमाडौं महानगरपालिकाकी कानुन अधिकृत घिमिरेले जानकारी दिनु भयो ।