बढी मिसावट घिउतेल र खानेपानीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बढी मिसावट घिउतेल र खानेपानीमा

jar water

काठमाडौं, १५ साउन । बजारमा पाइने अधिकांश तेल, घिउ र प्रशोधित खानेपानीमा समस्या देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विगतमा अनुगमन गर्दा घिउतेल र पानी बढी अशुद्ध भेटिने गरेका थिए ।

पछिल्लो समय पनि यिनै वस्तुमा बढी कैफियत भेटिएको हो । विभागले गत आर्थिक वर्षमा ४ हजार ८ सय १३ नमुना संकलन गरेको थियो । खाद्य  र दाना ऐनबमोजिम १ हजार ७ सय १७ नमुना परीक्षण र विश्लेषण गर्दा सबैभन्दा बढी खानेपानी, तेलघिउ र दुग्ध पदार्थ अशुद्ध देखिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);