प्रशासकीय अधिकृत सहित ६ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रशासकीय अधिकृत सहित ६ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदीसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उपमहानगरको लागि विद्युतीय सामग्रीहरू खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सुवेदी, उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमारलाल कर्ण, लेखापाल दिनेश चौधरी र नायब सुव्बा अब्दुल जव्वारमाथि मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

आरोपितहरुले ११ लाख ३५ हजार ४ सय ११ रूपैयाँ भ्रष्टाचार गरेको भन्दै सोही रकम बराबर जनही बिगोसमेत मागदाबी गरिएको छ। उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४/७५ मा विद्युतीय सामग्री खरिद गर्दा सुवेदीसहितले मिलेमतो गरी एउटै व्यक्तिको हस्तलिपीबाट दररेट पेस गराई सत्या ईन्टरप्राईजेजको दररेट स्वीकृत गरी सरकारलाई ११ लाख ३५ हजार ४ सय ११ रूपैयाँ ५७ पैसा हानी नोक्सानी पुर्याएको अख्तियारले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);