बैतडीमा शिलाजितको खानी भेटियो, चुहिएर त्यतिकै खेर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बैतडीमा शिलाजितको खानी भेटियो, चुहिएर त्यतिकै खेर

silajit

काठमाडौं, १४ साउन । बैतडीमा निकै महङगो मूल्य पर्ने सिलाजितको खानी भेटिएको छ । जिल्लाको दशरथ चन्द नगरपालिका–१० झुलाघाट नजिकै मौरा भीरमा सिलाजितको खानी भेटिएको हो । अग्लो भीरमा रहेको सशलाजित त्यत्तिकै चुहिएर खेर गइरहेको छ ।

गर्मी बढेपछि मौरा भीरबाट चार ठाउँमा सिलाजित चुहिरहेको छ । प्रशोधित सशलाजितको बजार मूल्य एककिलोको आठहजार रुपियाँ पर्ने गरेको छ । गर्मी मौसममा मौरा भीरमा सँधै सिलाजित चुहिरन्थ्यो, अनुसन्धानका लागि अहिलेसम्म विज्ञ टोली नआएको स्थानीय बैद्य भोजराज भट्ट बताउनुहुन्छ ।

३४ वर्षदेखि स्थानीय जडीबुटी प्रसोधन गरेर आयुर्वेदिक मेडिकल सञ्चालन गरेर बस्नुभएका भट्टले अग्लो भीरमा सिलाजित चुहिएको देख्दा निकै माया लाग्छ तर, संकलन गर्न नसक्दा चित्त दुःखाउनु परेको बताउनुहुन्छ  । भट्टले भन्नुभयो, “झुलाघाटको मौरा भीरमा मात्रै होईन, दशरथ चन्द नगरपालिकाको गाँजरी, फुलपातेलगायतका भीरमा सिलाजित छ । संकलन गर्न नसक्दा त्यत्तिक खेर गईरहेको छ । राज्यले संकलन गर्न साधन श्रोतको व्यवस्था गर्ने हो भने सिलाजितले नै बैतडी जिल्ला धनी बन्न सक्छ ।

आयुर्वेदका दृष्टिले सिलाजित बहु गुणकारी मानिन्छ । सिलाजित रक्तसोधक, यौन बर्धक, शरीरको प्रतिरोधात्मक क्षमता बढाउने, पेटको अल्सर र ग्याष्ट्रिक निको पार्ने बैद्य भोजराज भट्टले जानकारी दिनुभयो  ।

बैतडीका केही भीरबाट चुहिएको सिलाजितमा माटो हुने भएकाले छान्ने गरेको उहाँले अनुभव सुनाउनुभयो । सिलाजितलाई पानीमा उमालेर कपडामा छानेपछि, गाईको गहँुतमा पकाएपछि सिलाजित तयार हुने उहाँले बताउनुभयो । भीरबाटै संकलन गर्न सके निकै शुद्ध सिलाजित निस्कन्छ । बैतडी जिल्लामा सिलाजितसँगै ६२ भन्दा बढी अन्य जडिबुटी रहेको जिल्ला वन कार्यालय बैतडीको तथ्याङ्क छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);