सात तले दरबारको पुननिर्माण तिब्र गतिमा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सात तले दरबारको पुननिर्माण तिब्र गतिमा

saat tale durbar nuwakot

शालिकराम चालिसे

नुवाकोट, १३ साउन । नुवाकोटको ऐतिहासिक धरोहर सात तले दरबारको पुननिर्माण तिब्र गतिमा भईरहेको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको दरबारसहित त्यस परिसरमा रहेका पुरातात्विक एंव धार्मिक सम्पदाको पुर्ननिर्माण भईरहेको हो ।

२०७२ सालको भुकम्पले धेरै जनधनको क्षति मात्र होइन धेरै पुरातात्विक सम्पदाहरुलाई पनि क्षतिग्रस्त बनाएको थियो । कति सम्पदाहरु पुननिर्माणले फेरी उठ्दैछन् त कति अझै पुननिर्माणको आँखामा पर्न सकेका छैनन् । यसै क्रममा नुवाकोटको ऐतिहासिक धरोहर साततले दरबारको पुननिर्माण पनि तिब्र गतिमा भईरहेको छ । दरबार सहित त्यस परिसरमा रहेका विभिन्न धार्मिक सम्पदा र ऐतिहासिक संरचनाको पुर्ननिर्माण तीन चरणमा पुर्ननिर्माण गर्ने लक्ष्य अनुसार पहिलो चरणको ४५ महिनाको कार्यक्रम अन्तरगत दरबार र तुलजा भवानी मन्दिरको पुर्ननिर्माण गर्न लागिएको छ ।

चीन सरकारको सहायतामा गत असार २५ गतेदेखि चिनियाँ प्राविधिकको नेतृत्वमा नेपाली कामदार परिचालन गरी पुननिर्माण शूरु गरिएको थियो । पुर्ननिर्माण अन्तरगत अहिलेको बर्षामा थप क्षति पुग्न नदिन साततले दरबार र तुलजा भवानी मन्दिरमा ओत लगाउने कार्य भइरहेको छ ।

पर्यटकीय गन्तब्यको प्रचुर सम्भावना बोकेको नुवाकोटको साततले दरबार लगायत आसपास रहेको पुरातात्विक सम्पदाको पुरानै शैलीमा पु्ननिर्माण हुने भएपछि स्थानीयहरु ह्र्षित भएका छन् । मल्लकालीन समयमा निर्माण गरिएको तुलजा भवानीको मन्दिर र नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि बिजयी गरे पश्चात निर्माण गर्न लगाएको नुवाकोट दरबार नेपालका महत्वपुर्ण पुरातात्विक सम्पदाहरुमा पर्दछ । यी सम्पदाहरु लगायत आसपासको क्षेत्रका धार्मिक तथा साँस्कृतिक सम्पदालाई २०७२ बैशाख १२ को विनासकारी भूकम्पले क्षति पु¥याएको थियो । क्षतिग्रस्त संरचना मध्ये भैरवी देवीको मन्दिरको पुरातत्व विभाग मार्फत निर्माण कार्य अन्तिम चरणमा पु¥याइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);