सरकारद्वारा उच्च स्तरीय शिक्षा आयोगको गठन | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८१, बुधवार

काठमाडौँ, २३ भदौ । सरकारले उच्चस्तरीय शिक्षा आयोग गठन गरेको छ । सरकारले प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालय शिक्षाको नीति, कार्यक्रम र संगठन तर्जुमा गर्न उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा आयोग गठन गरेको हो ।

 

आयोगमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, व्यवस्थापिका–संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झा, पूर्वशिक्षामन्त्री डाक्टर गंगालाल तुलाधर र धनीराम पौडेल सदस्य हुनुहुन्छ । सांसद्हरु जीवन परियार, उमेश श्रेष्ठ, गीता राणा, डाक्टर शिवजी यादव, जंगीलाल राय यादव, र रुक्मिणी चौधरीलाई पनि आयोगको सदस्यमा राखिएको छ । शिक्षाविद् केदारभक्त माथेमा, राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य र विभिन्न विश्वविद्यालयका उपकुलपतिहरु सदस्य रहेको आयोगका केही सदस्य पछि मनोनयन गर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

 

आयोगलाई पाँच महिनाको समय दिइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);