एजेन्सी, १० साउन । लिबियाको तटीय क्षेत्रमा शरणार्थी सवार पानी जहाज डुबेको छ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर) का अनुसार जहाज डुब्दा त्यसमा सवार झण्डै १५० जनाको ज्यान गएको आशंका छ । तीन सयजना सवार पानी जहाज डुबेको हो । माछा मार्न तटीय क्षेत्रमा गएका स्थानीय १३७ भन्दा बढीको उद्धार गरेको जनाइएको छ । दुईवटा पानी जहाज डुबेको र दुवैमा गरेर ३०० जना सवार रहेको बताइएको छ । ज्यान गुमाएका आशंका गरिएका १५० जनाको मृत्यु पुष्टि भएमा यो वर्ष भू–मध्यसागरमा भएको सबैभन्दा ठूलो दुर्घटना हुनेछ । लिबियाको राजधानी त्रिपोलीबाट १२० किलोमिटर पूर्वमा रहेको तटीय क्षेत्रमा दुर्घटना भएको हो ।




