काठमाडौं, ९ साउन । गुल्मीको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाको सत्यवती गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिादा १४ जनाको मृत्यु भएको हो । यता लमजुङको दोर्दी खोलामा आएको बाढीले ज्यान गुमाएका ४ मध्ये २ को परिचय खुलेको छ । बाढीले बगाएर ल्याएका शव मध्ये पर्साका आन्दाजी २८ वर्षका शिवधन चौधरी रडडेलधुराका आन्दाजी ३४ वर्षका रमेश बुढा रहेको प्रहरीले जनाएको छ । बाढीमा परेर ७ जना बेपत्ता छन् । ७ जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु भएका चारैजना दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार रहेको प्रहरीले बताएको छ ।