एजेन्सी, ९ साउन । प्रि सिजन टुर अन्तर्गत अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्लिश क्लब लिभरपुलले स्पोर्टीङ सिपीसँग बराबरी खेलेको छ ।
न्युयोर्कमा बिहिबार बिहान लिभरपुलले पोर्चुगिज क्लब स्पोर्टीङसँग २–२ गोलको बराबरी खेलेको हो । यान्की स्टेडियममा ब्रुनो फर्नान्डेजको गोलबाट पाँचौं मिनेटमा स्पोर्टीङले सुरुवाती अग्रता लिएको थियो । २० औं मिनेटमा डिभोक ओरोगीले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । खेलको ४५ औं मिनेटमा जर्जियानो विजनाल्डमले गोल गर्दै लिभरपुललाई २ –१ को अग्रता दिलाए । तर, ५४ औं मिनेटमा स्पोर्टीङका विन्डेलले गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो । नयाँ सिजनको सुरुवात अघि प्रि सिजन तयारी गर्न दुवै टिम अहिले अमेरिका भ्रमणमा रहेका छन् ।