सीआईएका १७ जना जासुस पक्राउ, जासुसलाई मृत्युदण्ड दिइएको इरानको दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

सीआईएका १७ जना जासुस पक्राउ, जासुसलाई मृत्युदण्ड दिइएको इरानको दाबी

iran jasus

एजेन्सी, ७ साउन । इरानले अमेरिकी गुप्तचर निकाय सीआईएको लागि काम गरिरहेका १७ जना जासुसहरूलाई पक्राउ गरेको छ ।

इरानको गुप्तचर हेर्ने मन्त्रालयले संदिग्ध व्यक्तिहरू महत्वपूर्ण मानिने सेना र परमाणु गतिविधि सम्बन्धी जानकारीहरू सङ्कलन गरिरहेका थिए । पक्राउ गरेका मध्ये केहीलाई मृत्युदण्डको सजाय दिइएको र कतिपयलाई लामो जेल सजाय सुनाइएको इरानी भनाइ छ । तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यो विवरण झूटो भएको जनाएका छन् ।

अघिल्लो वर्ष राष्ट्रपति ट्रम्पले इरानसँग भएको अन्तर्राष्ट्रिय परामाणू सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरेका थिए । त्यस यता अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्धहरू लगाएको छ । केही समय यता वासिङटन र तेहरानबीच तनाव चुलिएको छ । सोमबारको इरानी घोषणा सरकारी सञ्चारमाध्यममार्फत गरिएको थियो जसमा मार्च २०१९ यता ती आरोपित गुप्तचरहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);