आसैआसमा बिते १९ वर्ष | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

आसैआसमा बिते १९ वर्ष

Kamaiya

काठमाडौं, ५ साउन । कैलारी गाउँपालिकास्थित मिलनपुर मुक्त कमैया शिविरमा बस्दै आएकी रमिता चौधरीलाई सरकारले परिचयपत्र दिएको छ । उनलाई मुक्त कमैया परिचयसहितको कार्ड दिएको छ ।

तर, अहिलेसम्म उनले बसोबासका लागि अधिकारिक रुपमा जमिन पाएकी छैनन् । उनी जंगलछेउको मुक्त कमैया शिविरमा टहरोमा बसेकी छन् ।

‘सरकारले परिचयपत्र त दियो तर जमिन दिएको छैन’, उनले दुखेसो पोखिन्, ‘जमिन पाउने आसैआसमा कमैया मुक्ति घोषणाका १९ वर्ष बिते, अझै आइएन ।’

उनीहरु मात्रै होइन, मुक्त कमैया परिचयपत्र पाएका कैलालीका ३६४ परिवारले अहिलेसम्म घरबासका लागि जमिन पाउन सकेका छैनन् । यो समाचार नागरिक दैनिक नागरिक पुष्पराज जोशीले लेखेका छन् ।